
काठमाडौं – १९ बैशाख २०७९
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे ।
यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो ।
Visited 12 times, 1 visit(s) today
