Fast Nepal News

च्याम्पियन्स लिग फुटबल : चेल्सीसंग पराजित भएपनी रियल मड्रिड सेमिफाइनलमा

banner single news

काठमाडौं – ३० चैत २०७८

काठमाडौं, युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसंग ३-२ अन्तरले पराजित भएपनी सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनी समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्यो । चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे । १५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए । अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसंग बराबरी खेलेसंगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

बायर्नलाई पराजित गर्दै भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

Inside Article Ads

जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति १-१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १-० अन्तरले पराजित गरेको थियो । समग्रमा भिल्लारियल २-१ अन्तरले विजयी भयो । योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलकाे ५२ औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर, भ्रमणकारी टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो । सेमिफाइनलमा भिल्लारियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

मंगलबार नै भएको अर्को खेलमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु परेकाे छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.