Fast Nepal News

यू–१८ मा लगातार चौथो हार

banner single news

काठमाडौँ — १० चैत्र २०७८

काठमाडौँ , साफ यू–१८ वुमेन्स च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपाली टोली बंगलादेशको हातबाट २–१ ले पराजित भएको छ । भारतको जम्सेदरपुरमा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । नेपालले अंकविहीन रहेर प्रतियोगिता निराशाजनक टुंग्याएको छ । खेलको चौथो मिनेटमै नेपालले अग्रता लिएको थियो र त्यसमा अमिसा कार्कीले गोल गरेकी हुन् । तर नेपाल अग्रता कायम राख्न असफल रह्यो । अघिल्ला दुई संस्करणका विजेता बंगलादेशले दोस्रो हाफमा दुई गोल फर्काएको थियो ।

Inside Article Ads

टोलीका साम्स सुनाहरले ६८ औं र साहदा अख्तरले ८४ औं मिनेटमा गोल गरे । यसअगाडि नेपाल बंगलादेशसँग आफ्नो पहिलो खेलमा ४–२ ले पराजित भएको थियो । नेपालले भारतविरुद्धका दुवै खेल पनि गुमायो । त्यसमा नेपाल ७–० र ५–१ ले पराजित रह्यो । डबल राउन्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगितमा तीन टिमको मात्र सहभागिता थियो । सर्वाधिक अंक जोड्ने टिम च्याम्पियन हुने नियमअनुसार भारतले यसअघि नै उपाधि जित्ने निश्चित भइसकेको छ । अपराजित भारतले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.