Fast Nepal News

एफए कपको सेमिफाइनलमा फरेस्टलाई हराएर लिभरपुलले म्यानचेस्टर सिटीको सामना गर्ने

banner single news

लन्डन — ०७  चैत्र २०७८

लन्डन , लिभरपुलले एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । सिटी ग्राउन्डमा आइतबार भएको अन्तिम आठको खेलमा लिभरपुलले नटिंघम फरेस्टलाई १–० ले हरायो । खेलको एक मात्र गोल डिएगो जोटाले खेल सकिन १२ मिनेट अगाडि गरे । कोन्सटान्टिनोस सिमिकासको क्रसमा जोटाले गोल गरेका हुन् ।

Inside Article Ads

योर्गन क्लोपको लिभरपुल ऐतिहासिक चार ठूलो उपाधि जित्ने सम्भावनाबाट गुज्रिरहेको छ र त्यसमध्ये टिमले लिगकप जितिसकेको छ । यस अगाडि आइतबारकै अन्य क्वाटरफाइनलमा क्रिस्टल प्यालेसले एभरटनलाई ४–० र म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४–१ ले हराएको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा प्यालेसले चेल्सीको सामना गर्नेछ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.