
राइनास — ०६ चैत्र २०७८
प्रथम ऐतिहासिक राइनास कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि चक्रर्तिर्थ युवा क्लव सातविसेले जितेको छ । चक्रर्तिथ युवा क्लव सातविसे र मर्स्याङदी युवा क्लव ग्राउण्ड पालुङटार विच बुधवार भएको फाइनल खेलमा १ का विरुद्ध २ गोल गर्दै चक्रर्तिथले प्रतियोगिताको उपाधि जितेको हो । सेमिफाइनलमा अयोजकलाई ३ – शुन्यको गोल अन्तरले हराउदै मस्र्याङदी ग्राउण्ड फाइनलमा प्रवेश गरेको थियो भने जनविकास मावि बेसीशहरलाई ट्राइबेकरमा २ का विरुद्ध ४ गोल गर्दै चक्रतिर्थले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेता वनेको चक्रर्तिर्थ सातविसेले प्रथम पुरस्कार नगद १ लाख ५० हजार सहित मेडल, कप र प्रमाणपत्र हात पारेको छ । उपविजेता मर्स्र्याङदीले नगद १ लाख, कप, मेडल र प्रमाणपत्र पाएको छ ।
सेमीफाइनलका दुई टिम आयोजक र जनविकास मावि बेसीशहरले सान्त्वना पुरस्कार २५/२५ हजार नगद र प्रमाणपत्र हात पारेको आयोजक समितिका अध्यक्ष टकेन्द्र चिलुवालले वताउनुभयो । जनविकासले अनुसाशित टिमको उपाधि पनि हात पारेको छ । प्रतियोगितामा चक्रर्तिथका विक्रम थापाले उत्कृष्ट गोलरक्षक, मर्स्याङदीका साजन विकले सर्वाधिक गोलकर्ता र सुन्दर वस्यालले उत्कृष्ट खेलाडीको उपाधी हात पारेका छन । अनुशासित टिम, उत्कष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप १०/१० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक किरण श्रेष्ठले जानकारी दिनुभयो ।
राइनास नगरपालिकाको आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा गौलिटार क्षेत्रिय खेलमैदान समितिले प्रथम ऐतिहासिक राइनास कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको हो । राइनास ६ धमिलिकुवा स्थित गौलिटार क्षेत्रिय खेल मैदानमा भएको प्रतियोगितामा १३ टिमको सहभागिता थियो । प्रतियोगिता सञ्चालनका लागि राइनास नगरपालिकाले ८ लाख सहयोग गरेको छ भने देश विदेशमा रहेका स्थानीय व्यक्ति तथा संघ सस्थाबाट पनि सहयोग प्राप्त भएको समितिले जनाएको हो । प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई नगरप्रमुख सिहं वहादुर थापा, खेलमैदान समितिका अध्यक्ष तथा पदाधिकारीले सयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको हो । कार्यक्रमको संचालन समितिका सचिव गोपाल नेपालीले गर्नुभएको थियो ।
