Fast Nepal News

वेस्ट ह्याममाथि लिभरपुलको संघर्षपूर्ण जित

banner single news

लन्डन — २२ फागुन २०७८

लन्डन , लिभरपुलले शनिबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि १–० को संघर्षपूर्ण जित निकाल्यो र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी तीन अंकमा छोट्यायो । एनफिल्डमा प्राप्त जितमा साडियो मानेले निर्णायक गोल गरे । हारले वेस्ट ह्याम शीर्ष चारबाट दुई अंकले पछाडि छ र उसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन प्रयास गरिहेका सबै टिमले भन्दा बढी खेल खेलेको छ ।

Inside Article Ads
डेविड मोयसको टिमले लिभरपुलविरुद्ध शृंखलाबद्ध अवसर सिर्जना गरे पनि त्यसबाट फाइदा लिन सकेन । पेप ग्वार्डिओलाको सिटीले आइतबार एतिहाडमा हुने डर्बी खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । लिगको शनिबार भएका अन्य खेलमा लेस्टरले लिड्सलाई १–०, एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–०, चेल्सीले बर्नलीलाई ४–०, न्युकासलले ब्राइटनलाई २–१, व्रेन्टफोर्डले नरविचलाई ३–१ र क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० ले हरायो ।    

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.