
लन्डन — १२ फागुन २०७८
लन्डन , इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बुधबार रातिको खेलमा लिड्स युनाइटेडलाई ६–० ले पराजित गरेको छ । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी तीन अंकमा छोट्याएको छ । सिटीको ६३ अंक छ भने लिभरपुलको ६० अंक भएको छ ।
अब योगर्न क्लोपको लिभरपुलले शनिबार लिग कपको फाइनलमा चेल्सीको सामना गर्नेछ । लिड्सविरुद्ध भने मोहमद सलाह र साडियो मानेले दुई–दुई गोल गरे । यस्तै, जोएल माटिप र भर्जिल भान डाइकले एक –एक गोल गरे । बुधबारकै अन्य खेलमा बर्नलीले टोटनहमलाई १–० ले हरायो भने क्रिस्टल प्यालेस वाटफोर्डमाथि ४–१ ले विजयी रह्यो ।
( कान्तिपुर दैनिक )
