
काठमाडौँ — ११ फागुन २०७८
काठमाडौँ , चेल्सीले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलमा मंगलबार लिलमाथि २–० को जित निकाल्दै ठोस अग्रता लिएको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यो जितपछि चेल्सीको क्वाटरफाइनल प्रवेशको सम्भावना पनि बलियो भएको छ । यस जितमा काइ हाभेरटेज क्रिस्टियन पुलिसिचले गोल गरे ।
अर्को खेलमा भिल्लारियल र युभेन्ट्सले १–१ को बराबरी खेले । प्रतियोगितामा डेब्यु गरिरहेका डुसान भ्लाहोभिचले युभेन्ट्सका लागि पहिलो मिनेटमै गोल गरे । गत महिना मात्र फियोरेन्टिनाबाट युभेन्ट्स आएका २२ वर्षीय सर्बियाली खेलाडीले ३२ सेकेन्डमा गोल गरेका हुन् । खेलको ६६ औं मिनेटमा भिल्लारियलले बराबरी गोल फर्कायो र घरेलु टिमका लागि डानी परेजोले गोल गरे ।
( कान्तिपुर दैनिक )
