Fast Nepal News

अबमेयाङको ह्याट्रिकमा बार्सिलोना विजयी

banner single news

म्याड्रिड — ०९ फागुन २०७८

पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मद्दतले स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई ४–१ ले हरायो ।यस जितपछि लिगमा बार्सिलोनाको अपराजित यात्रा नौ खेल पुगेको छ । फेब्रुअरीमै मात्र अबमेयाङ आर्सनलबाट बार्सिलोना आएका थिए र भ्यालेन्सियाविरुद्ध पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए ।

बार्सिलोनाका लागि अर्को गोल फ्रेन्क डे जोङले गरे । भ्यालेन्सियाका लागि भने कार्लोस सोलेरले गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ४२ अंकमा चौथो स्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले मार्लोकालाई २–१ ले हरायो । उसको ४६ अंक छ ।             

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.