Fast Nepal News

नङसल र जेसिका भिड्ने

banner single news

काठमाडौँ — ०५ फागुन २०७८

काठमाडौँ , लिनिङ ११ औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (शीर्ष १६ वरीयता) को क्वाटरफाइनलमा समूह ‘ए’ बाट एपीएफका दीपेश धामी र आर्मीका प्रफुल महर्जन तथा समूह ‘बी’ बाट आर्मीका नवीन श्रेष्ठ र पुलिसका जीवन आचार्य पुगेका छन् । समूह ‘सी’ बाट एपीएफका विजित थापामगर र धातुका सुदीप सेढाईं तथा समूह ‘डी’ बाट रिभाइभका प्रिन्स दाहाल र आर्मीका रुकेश महर्जन अन्तिम आठमा पुगेका छन् । लिगको अन्तिम खेलमा समूह ‘ए’ तर्फ प्रफुलले बाँकेका इरफान अन्सारीलाई २१–१७, २१–६ ले हराए । प्रफुलले विजितसँगको प्रतिस्पर्धा पक्का गरे । दीपेशले पुलिसका सुनील जोशीलाई २१–१२, २१–१४ हराए । तीनै खेलमा जित निकालेका दीपेशले सेमिफाइनल पुग्न सुदीप सेढाईंसँग प्रतिस्पर्धा गर्नेछन् ।

आर्मीका नवीनले एपीएफका देवराज रानालाई २१–९, २१–११ ले हराए । समूहका सबै जितेका नवीनले आर्मीका रूकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । पुलिसका जीवनले एपीएफका साजनकृष्ण ताम्राकारलाई २०–२२, २१–८, २१–१३ ले हराए । अब जीवनको प्रतिस्पर्धा प्रिन्स दाहालसँग हुनेछ । पुलिसका दीपक बोहराले एपीएफका विजितलाई २४–२२, २१–१५ ले पराजित गरे । धातुका सुदीपले बाँकेका विलाल वार्सीलाई २१–६, २१–७ ले पन्छाए । सुदीप र दीपकको अंक पनि बराबर भए पनि हेड टु हेडका आधारमा सुदीप क्वाटरफाइनल पुगे ।

Inside Article Ads
प्रिन्सले रूकेश महर्जनलाई २१–१२, २१–८ पराजित गरे । प्रिन्सले तीनै खेल जितेका थिए । अर्को खेलमा एपीएफका निरञ्जन देवकोटाले पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१७ ले हराए । महिला एकलको क्वाटरफाइनमा नम्बर एक खेलाडी भोजपुरकी नङसलदेवी तामाङले १० औं संस्करण विजेता एपीएफकी जेसिका गुरुङसँग प्रतिस्पर्धा गर्नेछिन् । आर्मीकी अनुमाया राईले आफ्नै टिमकी प्रार्थना देउवासँग खेल्नेछिन् । राष्ट्रिय च्याम्पियन रसिला महर्जनले एपीएफकी सुनयाना मुखिया र आर्मीकी अमिता गिरीले पुलिसकी नीता लम्सालविरुद्ध खेल्नेछन् ।       

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.