
काठमाडौँ — ०५ फागुन २०७८
काठमाडौँ , कोभिड–१९ महामारीका कारण पछिल्लो दुई वर्ष हुन नसकेको प्रतियोगितालाई यसपालि निरन्तरता दिइएको आयोजक वरुण वेभरेज (नेपाल) प्रालिले जनाएको छ । वरुण वेभरेज पेप्सीको उत्पादक कम्पनी हो । १८ होलमा स्टेबल फोर्ड फम्र्याटअन्तर्गत ३/४ ह्यान्डिक्यापमा हुने पेप्सी ओपनमा ९६ गल्फरले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फका निर्देशक सिनियर गल्फर दीपक आचार्यले जानकारी गराए ।
प्रतियोगितामा पुरुष, महिला, सिनियर र जुनियर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । विजेता, उपविजेता, महिला विजेता, महिला सिनियर विजेता (६० वर्षमाथि), जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, बेस्ट ग्रस, मोस्ट बर्डिजलगायतका विजेतालाई पुरस्कृत गरिने छ । नेपालमा गल्फको विकासमा योगदान गर्ने उद्देश्य बोकेको पेप्सी ओपन गल्फलाई अझै बृहत् रूपमा आयोजना वेभरेजका नेपाल प्रमुख हेमन्त वाङ्सुलले बताए ।
( कान्तिपुर दैनिक )
