Fast Nepal News

राष्ट्रिय कराते चैतमा

banner single news

काठमाडौँ —  ०१ फागुन २०७८

काठमाडौँ, नेपाल कराते महासंघको तत्त्वावधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ र सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो लगनखेलले संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री स्व. भट्टराईको स्मृतिमा यो प्रतियोगिता चैत २४ देखि २६ सम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा हुनेछ । आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार पत्रकार सम्मेलनमा जनाएअनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । एकल र टिम कातासहित पुरुषमा ११ र महिलामा १० इभेन्टमा प्रतिस्पर्धा गराइने छ ।

पुरुषमा १ सय १० र महिलामा १ सय खेलाडी प्रतिस्पर्धी हुनेछन् । टिम च्याम्पियनले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । नेपाल कराते महासंघका कार्यबाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जानकारी गराए । करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलका अनुसार प्रत्येक तौल समूहबाट ४ खेलाडीका दरले २१ इभेन्टमा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने गरिनेछ । 

Inside Article Ads

राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष तथा प्रतियोगिताका प्रमुख सल्लाहकार मीनकृष्ण महर्जनले कोरोनाले सुस्ताइरहेको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने र खेलाडीको मनोबल बढाउने विश्वास व्यक्त गरे । प्रायोजक लिनिङका कार्यकारी प्रमुख राजन महर्जन र सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दिप जोशीले प्रायोजनले निरन्तरता पाउने प्रतिबद्धता जनाए । प्रायोजनसम्बन्धी जानकारी पछि गराइने आयोजकले बताएको छ । प्रतियोगिता संयोजक तथा आठौं सागका स्वर्णधारी रवि महर्जनले आयोजक डोजोका सचिव विनोद श्रेष्ठलाई सह–संयोजकमा मनोनयन गरेका छन् ।                          

( कान्तिपुर दैनिक )

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.