Fast Nepal News

चेल्सीले जित्यो क्लब वर्ल्डकप

banner single news

आबुधाबी — ०१ फागुन २०७८

आबुधाबी , चेल्सीले ब्राजिलको पाल्मेरियासलाई अतिरिक्त समयमा पराजित गर्दै शनिबार पहिलो पल्ट क्लब वर्ल्डकप जितेको छ । काइ हाभरटेजले १ सय १७ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले चेल्सी २–१ ले विजयी रह्यो । रुसी धनाद्य रोमन अब्रामोभिचले क्लबको स्वामित्व किनेयता चेल्सीले क्लब वल्र्डकप जितेको यो पहिलो पल्ट हो ।

हाभरटेजले पेनाल्टीबाट गोल गरेका हुन् । चेल्सीले रोमेलु लुकाकुको गोलले अग्रता लिएको थियो । तर, पाल्मेरियासका लागि राफेल भिएगाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए । खेलको अन्त्यमा पाल्मेरियास १० खेलाडीमा सीमित भएको थियो । उसका डिफेन्ड लुआन गार्सियालाई रातो कार्ड देखाइएको थियो ।          

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.