
लुम्बिनी — ०१ फागुन २०७८
लुम्बिनी , रूपन्देहीमा आइतबारदेखि खड्गप्रसाद गौचन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको यो चौथो संस्करणको हो । फाइनल फागुन ८ मा हुनेछ । स्व. खड्गप्रसाद पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनका बुबा हुन् । स्टार क्रिकेट एकेडेमी शक्तिले सञ्चालन गर्दै आएका छन् । शक्तिले पिताको स्मृतिमा चार वर्षदेखि प्रतियोगिता गर्दै आएका छन् । उनले भने, ‘नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने भएकाले प्रतियोगिता सुरु गरेका हौं । यसअघि खेलेका खेलाडी राष्ट्रियस्तरका खेल खेल्ने भइसकेका छन् ।’
( कान्तिपुर दैनिक )
