
लन्डन — २७ माघ २०७८
लन्डन , म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बुधबार ब्रेन्टफोर्डलाई २–० ले हराएर शीर्ष स्थानमा १२ अंकको अग्रता लिएको छ । टोटनहम भने साउथह्याम्पटनको हातबाट ३–२ ले पराजित रह्यो र उसको शीर्ष चारका लागि दाबेदारी कमजोर बन्यो । पेप ग्वार्डिओलाको सिटीले लिगमा आफ्नो अपराजित यात्रालाई १४ खेल पनि पुर्याएको छ ।
इतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि सुरुमा रियाद मेहराजले पेनाल्टीबाट गोल गरे । त्यसपछि केभिन डे ब्रुएनले दोस्रो गोल थपे । यस्तै अर्को खेलमा लिड्सले ३–१ ले पछाडि रहेको स्थितिबाट एस्टन भिल्लालाई ३–३ को बराबरीमा रोक्यो । क्रिस्टल प्यालेस र नरविचबीचको खेल १–१ को बराबरीमा समाप्त भयो ।
( कान्तिपुर दैनिक )
