Fast Nepal News

रियल छ अंकले अगाडि

banner single news

म्याड्रिड — २४ माघ २०७८

म्याड्रिड , मार्को एसेन्सिओले गरेको एक मात्र गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा ग्रेनेडालाई १–० ले हराएर स्पेनी ला लिगाको शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ । ग्रेनेडाले तेर्साएको बलियो चुनोतीलाई तोड्दै रियलले खेल सकिन १७ मिनेट अगाडि मात्र गोल गरेको हो । करिम बेन्जेमासँगै आफ्ना चार प्रमुख खेलाडीबिना मैदानमा उत्रेको रियलका लागि यो जित ठूलो राहत बनेको छ ।

Inside Article Ads
रियलका प्रमुख प्रतिद्वन्द्वीले अन्य खेलमा अंक गुमाएको स्थितिमा तर यो जितले उसको उपाधि यात्रा अझ सजिलो बनेको छ । दोस्रो स्थानमा रहेको सेभियाले ओसासुनासँग बराबरी खेलेको थियो भने तेस्रो स्थानको रियल बेटिस घरमा भिल्लारियलविरुद्ध २–० ले पराजित रह्यो । यसअघि बार्सिलोनाले भने एटलेटिको म्याड्रिडलाई ४–२ ले हराएको थियो । रियलको २३ खेलबाट ५३ अंक रहेको छ । सेभिया ४७ अंकमा दोस्रो स्थानमा छ ।        

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.