Fast Nepal News

युभेन्ट्स शीर्ष चारमा

banner single news

मिलान — २४ माघ २०७८

मिलान , डुसान भ्लाहोभिच र डेनिस जाकारिआको एक–एक गोलको मद्दतले युभेन्ट्सले इटालीको सिरी ए मा हेलास भेरोनालाई आइतबार २–० ले हराएको छ । योसँगै टिम शीर्ष चारमा उक्लेको छ । जाकिरिआले डेब्युमै गोल गरे । उनी फियारेन्टिनाबाट युभेन्ट्स आएका हुन् ।

यो जितपछि युभेन्ट्स र शीर्ष स्थानमा रहेको इन्टर मिलानबीचको दूरी आठ अंक भएको छ । आइतबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको नेपोलीले भेनेजियालाई २–० ले हरायो । नेपोलीको ५२ अंक छ । इन्टरको भने ५३ अंक रहेको छ ।     

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.