Fast Nepal News

रियललाई हराएर बिलबाओ कोपा डेल रेको सेमिफाइनलमा

banner single news

काठमाडौँ — २१ माघ २०७८

काठमाडौँ , एलेक्स बेरेनगरले ८९ औं मिनेटमा गरेको गोलमा एथलेटिको बिलबाओले बिहीबार रियल म्याड्रिडलाई १–० ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिने निश्चित देखिएको बेला सब्स्टिच्युट बेरेनगरले उत्कृष्ट गोल गरे र कार्लो एन्सेलोटीको टिम स्तब्ध बन्नु परेको थियो ।

अब बिलबाओ लगातार तेस्रो सिजन फाइनल पुग्ने प्रयासमा हुनेछ । बिलबाओले यसअघि प्रतियोगितामा बार्सिलोनालाई पनि हराएको थियो । यसक्रममा रियल जारागोजापछि बिलबाओ नै एकै सिजनको कप प्रतियोगितामा रियल र बार्सिलोना दुवैलाई हराउने दोस्रो टिम मात्र भएको छ ।     

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.