Fast Nepal News

आर्मी म्याराथनमा पुरस्कार वृद्धि

banner single news

काठमाडौँ — २१ माघ २०७८

काठमाडौँ , नेपाली सेनाले हरेक वर्ष आयोजना गर्ने प्रधानसेनापति खुला म्याराथन एन्ड रन अफ फनको सातौं संस्करण फागुन १४ मा हुने भएको छ । यस संस्करणको पुरस्कारमा वृद्धि गरिएको आर्मीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । म्याराथन पुरुष खुलातर्फ हुने भए पनि हाफ म्याराथन, सेनाका लागि १० किमि दौड महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । सैनिक अधिकारी र विशिष्ठ व्यक्तिका लागि ५ किमि वाकाथन समावेश गरिएको छ । म्याराथनमा २ सय धावकको सहभागिता रहने आयोजकको अनुमान छ । ‘युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ’ नारा दिइएको प्रतियोगितामा ११ सय ५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

म्याराथनतर्फ शीर्ष १० स्थान हासिल गर्नेले नगद पुरस्कार पाउनेछन् । विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथोदेखि दसौं स्थानसम्ममा दौड सक्नेले क्रमशः ५०, ३०, २५, २०, १५, १० र ५ हजार पुरस्कार पाउनेछन् । म्याराथन विजेताले मोटरसाइकल पुरस्कार पनि पाउनेछन् । यो पुरस्कार रिसिक अटोमोबाइलले प्रायोजन गरेको छ । हाफ म्याराथनतर्फ दुवै विधाका विजेताले समान ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पाउनेछन् । महिलातर्फ विजेतालाई स्कुटर र पुरुषतर्फ विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ । यो पुरस्कार काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो ।

Inside Article Ads

हाफ म्याराथन विजेतालाई नगदका अतिरिक्त मोटरसाइकल/स्कुटरको व्यवस्था यस वर्षदेखि गरिएको आर्मीले जनाएको छ । १० किलोमिटरतर्फ अधिकृत र सहचारीका लागि फरक स्पर्धा हुनेछ । दुवैतर्फका विजेताले १०, उपविजेताले ७ र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । म्याराथनका लागि सम्पूर्ण प्राविधिक सहयोग नेपाल एथलेटिक्स संघबाट हुनेछ । पत्रकार सम्मेलनमा एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले नेपाल एथलेटिक्स विकासमा नेपाली सेनाको भूमिका उल्लेखनीय रहेको बताए ।

( कान्तिपुर दैनिक )

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.