Fast Nepal News

सुदूरपश्चिम खप्तड गोल्डकप हुने

banner single news

धनगढी — २० माघ २०७८

धनगढी , सर्वाधिक पुरस्कार राशिको ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता ०७८’ फागुन १९ देखि धनगढी रंगशालामा हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिषदको प्रवर्द्धनमा स्थानीय सुदूरपश्चिम स्पोर्ट्स क्लब ११ धनगढीले प्रतियोगिताको पाँचौं संस्करण गर्न लागेको हो । धनगढी रंगशालामा बुधबार आयोजित पत्रकार सम्मेलन आयोजना गरी आयोजक क्लबले यसपालि विजेताले २१ लाख र उपविजेताले १० लाख पुरस्कार पाउने जनाएको छ ।

नियमानुसार टिडिएस कटाएर पुरस्कार रकम प्रदान गरिने क्लबले जनाएको छ । यो रकम नेपालमा हुने फुटबल प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि भएको आयोजकको दाबी छ । प्रतियोगितामा नेपालका ५ ‘ए’ डिभिजनका क्लब, मोफसलका २, विदेशी २ र आयोजक क्लब गरी १० टिमको सहभागिता रहने जानकारी गराइएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २० हजार पुरस्कार पाउने छन् । हरेक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।

Inside Article Ads
आयोजक क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगिताको अनुमानित लागत १ करोड ५० लाखभन्दा बढी हुनेछ । त्यसमध्ये ५० लाख रकम सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने छ भने २० लाख धनगढी उपमहानगरपालिका उपलब्ध गराउने आश्वासन दिएको अध्यक्ष हमालले बताए । प्रदेश खेलकुद परिषदका सदस्य–सचिव दीपक सिंहबाट परिषदको कार्यक्रममा प्रतियोगिता समावेश गरी प्रदेश सरकारबाट ५० लाख उपलब्ध गराउने वातावरण तयार भएको बताइएको थियो । प्रतियोगिता फागुन २८ सम्म चल्नेछ । 

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.