Fast Nepal News

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

banner single news

याउेन्डे — २० माघ २०७८

याउेन्डे , सेनेगलले बुधबार बुर्किनो फासोलाई ३–१ ले हराएर अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । सेनेगल फाइनल पुगेको यो तेस्रो पल्ट हो । खेलका चारै गोल दोस्रो हाफमा भएको थियो । सेनेगेलले अबडोउ डिआलो र इड्रिस गुयेको गोलले सुरुमा दुई गोलको अग्रता लिएपछि बलाटी टुरेले बुर्किनो फासोका लागि एक गोल फर्काए । 

त्यसपछि साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गरे । सेनेगलका लागि यो उनको व्यक्तिगत २९ औं गोल हो । अब सेनेगलले आइतबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । त्यस सेमिफाइनलमा आयोजक क्यामरुन र इजिप्ट भिड्दै छन् ।      

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.