Fast Nepal News

११ औं पुष्पलाल स्मृति ब्याडमिन्टन फागुनमा

banner single news

काठमाडौँ — १९ माघ २०७८

काठमाडौँ , नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघले गर्दै आइरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११ औं संस्करण फागुन ३ देखि ७ सम्म हुने भएको छ । ललितपुरस्थित नखिपोटमा हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल) पनि संयुक्त आयोजक रहेको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, आर्मी, पुलिस र एपीएफ क्लबका गरी ५० संस्थाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयताका १६ औं स्थानसम्मका), पुरुष एकल (१६ औ वरीयतादेखि बाहेक), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२ औं स्थानसम्मका), महिला एकल (१२ औं वरीयताबाहेक), महिला युगल (खुला), यू–१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्ष माथि र मास्टर्स ५५ वर्ष माथि (खुला) सहित १० विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनीलमान शाक्यले जानकारी गराए ।

Inside Article Ads

कुल २१ लख ६० हजार रुपैयाँ रहेको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च हुने आयोजकले जनाएको छ । हरेक खेल खेलेपछि खेलाडीले म्याच मनी पाउनेछन् । ब्याडमिन्टनको विकास र विस्तार गर्नेक्रममा खेलाडीको वरीयता निर्धारण गर्ने र थोरै भए पनि आर्थिक सहयोग होस् भन्ने उद्देश्यले प्रतियोगितामा भाग लिएवापत खेलाडीले नगद प्राप्त गर्ने प्रावधानलाई संस्थाले प्रचलनमा ल्याएको हो ।

( कान्तिपुर दैनिक )

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.