
काठमाडौँ — १४ माघ २०७८
काठमाडौँ , दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले शुक्रबार चिलीलाई २–१ ले हराएको छ । अर्जेन्टिनाको जितमा एन्जेल डि मारिया र लउटारो मार्टिनेजले एक-एक गोल गरे । चिलीका तर्फबाट बेन डियाजले एक गोल फर्काए । खेलका तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
यो जितपछि अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक भएको छ र दोस्रो स्थानमा छ । चिली भने १६ अंकमा सातौं स्थानमा छ । यसअघि छनोटका अन्य खेलमा इक्वडेर र ब्राजिलले १–१ को बराबरी खेले । यस्तै उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भइसकेका छन् ।
( कान्तिपुर दैनिक )
