Fast Nepal News

मोरिससविरुद्ध प्रयोगको रणनीतिमा अल्मुताइरी

banner single news

काठमाडौँ — १३ माघ २०७८

काठमाडौँ , नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा प्रयोगको रणनीति लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बुधबार नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । त्यसमा अल्मुताइरीले दुई फरक खेलका लागि दुई अलग्गै टिम बनाएका छन् । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार हुनेछ । दोस्रो खेल मंगलबार हुनेछ ।

मैत्रीपूर्ण खेललाई लिएर प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिन चाहन्छु । यसले भविष्यमा थप बलियो टिम बनाउन मदत गर्नेछ । यस्ता मैत्रीपूर्ण खेलबाट बहुमूल्य अनुभव पनि बटुल्न सकिन्छ । यी दुई खेलमा नतिजाभन्दा पनि प्रदर्शन प्रमुख रहनेछ ।’ प्रशिक्षक अल्मुताइरीका अनुसार जुनमा नेपालले एसिया कप छनोटको तेस्रो चरण खेल्दै छ । त्यसअघि उनी सबै खेलाडीको प्रदर्शन हेर्न चाहन्छन् । उनले बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई नै मौका दिने योजनाअनुसार यो दुई फरक टिमको घोषणा गरेको हो । दुवै टिममा परेका खेलाडी भने १२ छन् ।

Inside Article Ads

पहिलो खेलका लागि घोषित टिममा किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शक गुरुङ, विमल घर्तीमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छेन्जु र जगजित श्रेष्ठ छन् । दोस्रो खेलका लागि घोषित टिममा किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ छन् ।           

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.