Fast Nepal News

ला लिगा : एलाभेसलाई हराएर बार्सिलोना पाँचौँ स्थानमा

banner single news

काठमाडौँ —  १० माघ २०७८

काठमाडौँ , फ्रेन्क डे जोङले खेलको अन्त्यतिर गरेको गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा एलोभसलाई आइतबार १–० ले हराएर अंक तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । खेल सकिन तीन मिनेट मात्र बाँकी रहेको स्थितिमा डच खेलाडीले फेरान टोरेसको क्रसलाई गोलमा परिणत गरेका हुन् । यो जितपछि जाभीको बार्सिलोनाको ३५ अंक भएको छ । यो चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग एक अंकको दूरी मात्र हो ।

अर्को साता नु क्याम्पमा बार्सिलोनाले एटलेटिकोकै आतिथ्यता गर्दैछ । यसअघि लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले एल्चेसँग २–२ को बराबरी खेलेको थियो । यस्तै अन्य खेलमा ओसासुनाले ग्रेनेडालाई २–० र एथलेटिको बिलबाओले रायो भाल्कानोलाई १–० ले हरायो । रियल सोसिडाडले भने गेटाफेविरुद्धको खेलमा गोलरहित बराबरीमा चित्त बुझायो । रियल २२ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ । यो दोस्रो स्थानमा रहेको सेभियामाथि चार अंकको अग्रता हो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.