Fast Nepal News

भक्तपुर युनाइटेड विजेता

banner single news

भक्तपुर —  ०६ माघ २०७८

भक्तपुर , भक्तपुर युनाइटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा मंगलबार सम्पन्न फाइनलमा भक्तपुर युनाइटेड लोकन्थली एफसीलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । भक्तपुर युनाइटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईंले गोल गरे । लोकन्थलीका रोहित गिरीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा युनाइटेडले मनोजको गोलमा अग्रता लियो । लगत्तै कृष्णले नवौं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

प्रतिस्पर्धात्मक ७५ औं मिनेटमा पेनाल्टीमार्फत रोहितले गोल गर्दै लोकन्थलीलाई खेलमा फर्काउने प्रयास गरे । विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाए । लोकन्थलीका रोहित गिरी सर्वोत्कृष्ट खेलाडी भए । उत्कृष्ट गोलकिपर लोकन्थलीका रिजेन हेका, लोकन्थलीकै आशिष थिङ (६) सर्वाधिक गोलकर्ता, थिमि युथका समिर श्रेष्ठ उत्कृष्ट रक्षक, भक्तपुर युनाइटेडका हरिश कार्की उत्कृष्ट फरवार्ड र विश्व विनायकका रविन कुटु उत्कृष्ट मिल्डफिल्डर घोषित भए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.