काठमाडौँ — ०६ माघ २०७८
काठमाडौँ , दक्षिण अफ्रिकाले बुधबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हराएको छ । जितसँगै दक्षिण अफ्रिकाले ३ एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ । २९७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ८ विकेट गुमाएर २६५ रन मात्र जोड्न सफल भयो । भारतका लागि शिखर धवनले सर्वाधिक ७९ रन बनाए । ८४ बल सामना गरेका उनले १० चौका प्रहार गरेका थिए । त्यस्तै ६३ बल सामना गरेका विराट कोहलीले ३ चौकाको सहयोगमा ५१ रन बनाए । कोहली र धवनले ९२ रनको साझेदारी गरेका थिए । शार्दुल ठाकुरले नटआउट ५१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
( कान्तिपुर दैनिक )