
काठमाडौँ — ०५ माघ २०७८
काठमाडौँ , नेपाल क्रिकेट संघ(क्यान) ले आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो । यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । यस पटक सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा अटाएनन् । त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् ।
होबर्ट हरिकेन्समा आबद्ध उनले जारी सिजनमा बुधबार मेलबर्न स्टारसँग अन्तिम खेल खेलेका हुन् । मेलबर्नले १०६ रनले जितेको उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएका थिए ।
यस्तो छ नेपाली टिम
- सन्दीप लामिछाने -कप्तान
- कुशल भुर्तेल
- आसिफ शेख
- दीपेन्द्रसिंह ऐरी
- ज्ञानेन्द्र मल्ल
- शरद भेषावकर
- आरिफ शेख
- करण केसी
- जितेन्द्र मुखिया
- अविनाश बोहरा
- शहाब आलम
- कुशल मल्ल
- कमलसिंह ऐरी
- विवेक यादव
- प्रदीप ऐरी
- लोकेश बम( कान्तिपुर दैनिक )
