Fast Nepal News

टाइम्स बास्केटबल च्याम्पियन

banner single news

काठमाडौँ — २५ पुस २०७८

काठमाडौँ , राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स कलेजले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा शनिबार फाइनलमा टाइम्सले रोयललाई ७०–६७ स्कोरले हरायो । टाइम्स अपराजित रहँदै च्याम्पियन बनेको हो । टाइम्सको जितमा मनीष केसीले २० स्कोर गरे । मनीष नै प्रतियोगिताको उत्कृष्ट घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए । शिवसेना नेपाल ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका म्यान अफ द म्याच रोयलका निकेश मगरले १६ स्कोर जोडे ।

टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक महत्वपूर्ण बन्यो । टाइम्स पहिलोमा १४–१६, दोस्रोमा १८–२१ र चौथोमा १२–१६ ले पछि परेको थियो । तेस्रो क्वाटरमा २६–१४ को अग्रता लिँदै टाइम्सले उपाधि सुनिश्चित गर्‍यो । टाइम्सले १ लाख र रोयलले ५० हजार रुपैयाँ पुरस्कार पाए । बास्केटबलका टेक्निकल कमिस्नर दुर्गाबहादुर थापा सम्मानित भए । आर्मीका बास्केटबल टोलीका कप्तान रविन खत्री पनि १० हजार नगदसहित सम्मानित भए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.