Fast Nepal News

जोकोभिचलाई अस्ट्रेलियाले दिएन भिसा

banner single news

मेलबर्न — २२ पुस २०७८

मेलबर्न , मेलबर्न आइपुगेयता टेनिस स्टार नोभाक जोकोभिचको अस्ट्रेलिया प्रवेशको अनुमति नाटकीय रूपमा बिहीबार रद्द गरिएको छ । विश्व नम्बर १ खेलाडीलाई सहरको विमानस्थलमा केही घन्ट सोधुपुछका लागि राखिएको थियो । त्यसपछि प्रवेशाज्ञाका लागि आवश्यक नियम पूरा गरेको हुनाले घर फर्कन भनिएको थियो । अहिले उनलाई सरकारी होटलमा राखिएको छ । विमान उडानको तालिका अनुसार घर फर्काइनेछ । जोकोभिचले अहिलेसम्म आफूले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ/छैन भनेर खुलाएका छैनन् ।

यसै कारण उनको अस्ट्रेलिया प्रवेशलाई लिएर चर्को आलोचना भइरहेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले आफैंले देशको नियमभन्दा कोही माथि नरहेको बताएका थिए । उनले नै जोकोभिचलाई आफ्नो देश प्रवेशमा रोक लगाउनु पर्ने सल्लाह दिएका थिए । जोकोभिचले खोप लगाएको अथवा नलगाएको बारे केही नभने पनि आफू खोपको विरुद्ध रहेको बताउँदै आएका थिए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.