Fast Nepal News

बुद्ध युथले जित्यो त्रिवेणी कप

banner single news

लमजुङ — २२ पुस २०७८

लमजुङ , खेलको सुरुमै दुई गोल गरेको बुद्ध युथ क्लब भोटेओडारले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको ट्रफी उचालेको छ । भोटेओडारले ५ लाख रुपैयाँ पुरस्कार र त्रिवेणी कप जितेको छ । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा बुधवार फाइनलमा बुद्ध युथले श्री भगवती क्लब टोखा काठमाडौंले २–० ले पराजित गरेको थियो । बुद्धले यसअघि त्रिवेणी कप जितेको दशक बितिसकेको छ । भगवतीले यसपालि पनि उपविजेतामै चित्त बुझायो । साबिक उपविजेता भगवतीले ३ लाख रुपैयाँ पायो । बुद्धको जितमा सन्दीप रानामगरले ११ औं मिनेटमा पहिलो गोल गरे । त्यसको चार मिनेटपछि यान्निक अब्दुल्लाले अर्को गोल थपेका थिए । त्यसपछि निकै आक्रमण बनेको टोखा भगवतीले वुद्धको रक्षापंक्ति तोड्न सकेन ।

४–४ गोल गरेका बुद्ध युथका फकुन्ले अवायोमी र भगवतीका अर्मान्ड बिडुमले सर्वाधिक गोलकर्ताको पुरस्कार समान ७ हजार ५ सय रुपैयाँ बाँडे । भगवतीका अमित लामा उत्कृष्ट खेलाडी भए । उनले १५ हजार पुरस्कार पाए । वाग्मती फुटबल क्लब सर्लाहीले फेयर प्ले जित्यो । फाइनलमा म्यान अफ द म्याच बुद्ध युथका सन्दीप रानामगर भए । उनले ५ हजार रुपैयाँ पाए । विजेतालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, आयोजक क्लबका अध्यक्ष विनोद गुरुङ, बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललगायतले पुरस्कृत गरे ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.