
वीरेन्द्रनगर — १८ पुस २०७८
वीरेन्द्रनगर , कर्णाली प्रदेशमा भलिबल कभर्ड हल निर्माण गरिने भएको छ । मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले कभर्ड हल निर्माण गर्ने निर्णय गरेको हो । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशालामा कभर्ड निर्माण हुने छ । यस्तै, बैठकले भर्खरै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगीताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई सम्मान स्वरुप ५० हजार र अल्ट्राम्याराथनमा दुई हजार प्रतियोगीलाई पछि पार्दै महिलातर्फ प्रथम स्थान हासिल गर्न सफल जुम्लाकी सुनमाया बुढालाई दुई लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरेको छ ।
( कान्तिपुर दैनिक )
