Fast Nepal News

रियललाई शीर्ष स्थानमा आठ अंकको अग्रता

banner single news

म्याड्रिड — ८ पुस २०७८

म्याड्रिड, रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा बुधबार आठ अंकको अग्रता लिएको छ । यसका लागि एथलेटिको बिलबाओलाई २–१ ले हरायो । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे । उनले खेलको सुरुआती सात मिनेटभित्र दुई गोल गरेका हुन् । बिलबोआले पनि दसौं मिनेटमा ओहन सनकेटले एक गोल फर्काए ।

त्यसपछि खेलमा कुनै गोल भएन । रियलको १९ खेलबाट ४६ अंक भएको छ । सेभिया भने ३८ अंकमा दोस्रो स्थानमा छ । बुधबारकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन एटलेटिको म्याड्रिड ग्रेनेडाको हातबाट २–१ ले पराजित भयो । खराब लयमा रहेको एटलेटिको २९ अंकमा पाँचौं स्थानमा छ ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.