Fast Nepal News

कागलिरीलाई हराएर युभेन्टस पाँचौँ स्थानमा

banner single news

काठमाडौँ — ७ पुस २०७८

काठमाडौँ , फेडरिको बर्नाडासीले ६० खेलको गोलविहीन यात्रा टुंग्याएपछि युभेन्टसले इटालीको सिरी ए मा मंगलबार कालगिरीलाई २–० ले हराएको छ । जितसँगै युभेन्टस अंकतालिकाको पाँचौँ स्थानमा उक्लियो । मोइस किनको गोलले युभेन्टसले अग्रता लिएपछि इटालीको विन्गर बर्नाडासीले दोस्रो गोल थपेका हुन् ।

उनले अन्तिम पटक ५ सय १३ दिन अगाडि गोल गरेका थिए । मासिमिलिनो एलेग्रेको टिमले सबै प्रतियोगिताका पछिल्ला पाँच खेलमध्ये चारमा जित निकालेको छ । मंगलबारकै अर्को खेलमा जेनोआ र एटलान्टाले गोलरहित बराबरी खेले ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.