Fast Nepal News

क्योकुशिन–सेईसिन कराँतेको प्रदेशस्तरिय प्रतियोगिता सम्पन्न

banner single news

महोत्तरी — २७ मंसिर २०७८    

महोत्तरी , नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ तथा गौशाला नगरपालिका वडा नं ४ वडा कार्यालयको बिशेष सहयोगमा महोत्तरी क्योकुशिन सेईसिन काईकान कराँते डोजोको आयोजनामा “प्रथम २ नं. प्रदेश स्तरिय महिला तथा पूरुष तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन¬–सेईसिन) कराँते प्रतियोगिता–२०७८” रजखोर, गौशालाको श्री जनता मा.वि.को प्रांगनमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गौशाला नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबाबु शाहको प्रमुख आतिथ्यमा र समापन तथा पुरस्कार वितरण गौशाला नगरपालिकाका मेयर अजय महतोले गरेका थिए । महोत्तरी डोजोका प्रमुख देविन्द्र सहनिको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा बिशेष अतिथी नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका केन्द्रिय अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठ तथा उद्घाटन समारोहका प्रमुख अतिथी ४ नं.वडा अध्यक्ष रामबाबु शाहले क्योकुशिन कराँतेका जन्मदाता मासुतात्सु ओयामाको फोटोमा माल्यार्पण तथा पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको संयुक्त समुदघाटन गरेका थिए ।

प्रतियोगितामा २नं प्रदेश भरीको विभिन्न जिल्लाका ३० के.जी., ३५के.जी.,४० के.जी., ४५ के.जी., ५० के.जी. तौल समुहको पूरुष तर्फ तथा ४५ के.जी., ५० के.जी. तौल समुहको महिला तर्फ छुट्टा छुट्टै गरी ७ समुहमा विभाजन गरी जम्मा १२५ जना खेलाडीहरु, कोच तथा अफिसियहरुले सहभागिता जनाएको थियो । दई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा पु्रुष तौल समुहको ५० के.जी.तौल समुहमा बाराका निखिल राउत, ४५ के.जी.मा महोत्तरीका साईमन लुंगेलीमगर, ४० के.जीमा महोत्तरीका चन्दन कुमार शाह, ३५ के.जीमा विकास महर्जन , ३० के.जीमा महोत्तरीकै सुरज कुमार श्रेष्ठले प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका थिए भने महिला तौल समूहमा ५० के.जी.मा बाराका सजिता श्रेष्ठ तथा ४५ के.जी.मा बाराकै रचना अधिकारीले प्रतियोगिताको स्वर्ण पदक हासिल गरेका थिए । त्यसैगरी पुरुष तौल समूहमा ५० के.जी.मा पर्साका रवि किसन यादव, ४५ के.जी.मा महोत्तरीका प्रकाश शाह, ४० के.जीमा पर्साका विशाल कुमार पटेल, ३५ के.जीमा बाराको दर्शन मानन्धर , ३० के.जी महोत्तरीको रवि सहनि तथा महिला तौल समूहमा ५० के.जी.मा महोत्तरीका सिमा विश्वकर्मा, ४५ के.जी.मा बाराका सानिया बंजाराद्धारा रजत पदक हासिल गरे।

Inside Article Ads

त्यसैगरी पुरुष तौल ५० के.जी.मा महोत्तरीका मणिराज दर्लामी मगर, ४५ के.जी.मा महोत्तरीका अभय तामाङ्ग, ४० के.जीमा बाराका सन्तोष श्रेष्ठ, ३५ के.जीमा बाराका रोशन लामा, ३० के.जी पर्साका प्रतिक शिं यादव तथा महिला तौल समूहमा ५० के.जी.मा बाराका सुप्रिया पंडित, ४५ के.जी.मा बाराका पुर्णिमा श्रेष्ठद्धारा कास्य पदक हासिल गरेका थिए । त्यसैगरी पुरुष खेलाडीहरुमा ५० के.जी.मा महोत्तरीका सविन आलेमगर, ४५ के.जी.मा महोत्तरीका निशान बि.क., ४० के.जीमा बाराका सोनु जि.सी., ३५ के.जीमा बाराका मोहिम प्रसाद शर्मा , ३० के.जी बाराकै रिजन भण्डारी तथा महिला तौल समूहमा ५० के.जी.मा बाराका दिव्या दाहाल, ४५ के.जी.मा बाराकै मनिषा श्रेष्ठद्धारा उत्कृष्ट पदक हासिल गरेका थिए।

समापन समारोहका प्रमुख अतिथी गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, विशेष अतिथी गौशाला नगरपालिकाका ४वडा अध्यक्ष रामबाबु शाह नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका केन्द्रिय अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठ, समाजसेवी अजय कुमार कुशवाह, श्री जनता मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम शाह तथा सोही विद्यालयका प्रधानअध्यापक दिपक शिं दर्लामीमगरले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । साथै उक्त प्रतियोगिमा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका केन्द्रिय अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठले केन्द्रको तर्फबाट प्रशिक्षक देविन्द्र सहनिका पिता पल्टु सहनिलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । त्यसैगरी केन्द्रिय कमिटिबाट प्रतियोगिताका मुख्य निर्णायकहरुमा हेराकाजि देशार, राजु तामाङ्ग, हर्क बहादुर तामाङ्ग तथा निर्णायकहरुमा सन्तोष गुप्ता, श्याम तामाङ्ग, बिशाल बल, बिजय कुमार तामाङ्ग, जयराम तामाङ्ग, जेन कुमार तामाङ्ग, बुद्ध तामाङ्ग रहेका थिए ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.