Fast Nepal News

सन्दीपले लिएनन् विकेट

banner single news

काठमाडौँ — २६ मंसिर २०७८

काठमाडौँ , नेपाली युवा बलर सन्दीप लामिछाने बिग बास लिगमा शनिबार विकेट लिन असफल भएका छन् । सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्सका लागि ४ ओभर बलिङ गरेका सन्दीपले २४ रनमात्र खर्चे तर विकेट लिन सकेनन् । वर्षाले प्रभावित खेलमा होबार्टले डकवर्थ लुइस नियमअनुसार ४४ रनको जित पायो । टस जितेको होबार्टले २ विकेट गुमाई २ सय १३ रन बनायो । जवाफी ब्याटिङक्रममा वर्षाले केहीबेर खेल रोकिएपछि १८ ओभरमा झारियो र सिड्नीलाई १ सय ९६ रनको नयाँ लक्ष्य दिइयो । सिड्नीले १५१–४ रनमात्र बनाउन सक्यो । यसअघि होबार्टले सिड्नीसँगै तीन दिनअघि खेल्दा १४ रनको हार बेहोरेको थियो ।

सन्दीपले विकेट लिन नसके पनि पाँचपल्ट विकेट नजिक पुगेर असफल हुँदा उनी अभागी साबित भए । खेलको छैटौं ओभरमा आफ्नो पहिलो स्पेलमा सन्दीपले ८ रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले सुरुआती तीन बलमै विकेट अवसर गुमाए । पहिलो बलमै डिप मिडविकेट क्षेत्रमा क्याच ड्रप हुँदा दोस्रो बलमा एलबीडब्लु अपिल सफल हुन सकेन । तेस्रो बलमा पिटर ह्यान्ड्सकोभले कभर क्षेत्रमा अर्को क्याच ड्रप गरे । सन्दीपले यो ओभरमा ५ रन खर्चिए । व्यक्तिगत तेस्रो ओभरको पहिलो बलमा सन्दीपका लागि अर्धशतकसहित विस्फोटक इनिङ्स खेलिरहेका सिड्नीका ओपनर जस फिलिप्सलाई आउट गर्ने अर्को अवसर थियो ।
Inside Article Ads

सन्दीप आफैंले बल नियन्त्रण गर्न सकेनन् । सोही ओभरको अन्तिम बलमा विकेटकिपर म्याथ्यु वेडले स्टम्पिङ गर्न नसक्दा अवसर गुम्यो । यो ओभरमा सन्दीपले ४ रनमात्र खर्चिए । १५ औं ओभरमा सन्दीपले ९ रन खर्चिए । आफ्नो स्पेलको अन्तिम बलमा उनलाई सिड्नीका क्रिस्टियनले चौका प्रहार गरे । यसअघि सिड्नीसँगको पहिलो खेलमा सन्दीपले २४ रन खर्चेर १ विकेट लिएका थिए ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.