Fast Nepal News

अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

banner single news

काठमाडौँ — ५ मंसिर २०७८

काठमाडौँ , शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र खत्री र यानलग इंकका सीएफओ सन्तोष पाण्डेले अरुणालाई सम्मान गरे ।

अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले निजी क्षेत्रबाट खेलको विकासमा महत्त्वपूर्ण सहयोग गर्न सकिने बताए ।
Inside Article Ads

अध्यक्ष खड्काले खेलकुदका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले कार्य गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्रतिष्ठानले खेलकुद क्षेत्रमा भलिबल खेलाडी सम्मानका साथै महिला भलिबल प्रतियोगिता आयोजना र भलिबल खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.