Fast Nepal News

नेपालगन्ज म्याराथनको तयारी पूरा

banner single news

नेपालगन्ज — ३ मंसिर २०७८

नेपालगन्ज , शनिबार हुने सातौं नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमाल पनि सहभागी हुने भएका छन् । म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन/क्रिएटिभ ह्यान्ड्सले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रत्येक वर्ष मंसिर ५ मा नेपालगन्जमा म्याराथन हुँदै आएको छ । यसपालि शनिबार पार्न घोषित मितिभन्दा एक दिनअघि म्याराथन गर्न लागेको आयोजकले जनायो । गत वर्ष कोरोना महामारीका कारण भव्य गर्न नसकिए पनि यसपालि म्याराथनलाई उत्सवमय बनाउने लक्ष्य लिएको क्रिएटिभ

ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए । विश्वका ठूला सहरमा हुने सिटी म्याराथनको अवधारणामा हुन लागेको नेपालगन्ज म्याराथनमा मुख्य म्याराथन (४२.१९५ किमि), हाफ म्याराथन (२१ किमि), १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि छात्र, ३ किमि छात्रा, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचेयर दौड गरी १० इभेन्टमा प्रतिस्पर्धा हुनेछ । सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले गर्ने कार्यक्रम छ । सात हजार मानिसलाई दौडाउने योजनाअनुसार नेपालगन्ज म्याराथनको तयारी पूरा गरिएको आयोजकको दाबी छ । राष्ट्रिय स्तरका सबै र विदेशबाट समेत केही धावक नेपालगन्ज म्याराथनमा दौडिँदै छन् ।

Inside Article Ads

सातै प्रदेशका खेलाडी नेपालगन्ज म्याराथनमा सहभागी हुँदै छन् । ‘स्थानीयदेखि अन्तर्राष्ट्रिय खेलाडी एउटै दौडमा हुँदा त्यसले फरक सन्देश पक्कै दिनेछ,’ अध्यक्ष ठकुरीले भने, ‘दौडमार्फत सहर चिनाउने एउटा अवसर पनि हो ।’ चलचित्र अभिनेता हमाल नेपालगन्ज आउने भएपछि दौडको रौनक अझ बढ्ने उनले बताए । म्याराथनमा अधिकांश राष्ट्रिय खेलाडी दौडिँदै छन् । विधागत दौडमा भविष्यका धावक र विद्यार्थीको उत्साहपूर्ण सहभागिता देखिँदै आएको छ । ८ देखि १२ वर्ष उमेरका बालबालिका, कर्पोरेट र वाकाथनमा सहरका गन्यमान्य व्यक्तित्वले भाग लिनेछन् । नेपालगन्ज म्याराथनमा अपांगता भएकाहरूले पनि प्रतिभा देखाउने मौका पाउँदै आएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.