Fast Nepal News

चितवन र ललितपुर फाइनलमा

banner single news

काठमाडौँ — २ मंसिर २०७८

काठमाडौँ , चितवन र ललितपुरले यू–१९ राष्ट्रिय एकदिवसीयका लागि वाग्मती प्रदेश छनोट प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । राष्ट्रिय प्रतियोगिता मंसिर ७ देखि आयोजना हुँदै छ ।  मूलपानी क्रिकेट मैदान १ मा बुधबार भएको सेमिफाइनलमा चितवनले नुवाकोटलाई १७ रन र मैदान २ मा ललितपुरले भक्तपुरलाई ५ विकेटले पराजित गरेका थिए । टस जितेर ब्याटिङ गरेको भक्तपुर निर्धारित ४० ओभरमा १२९–८ को योगफलमै सीमित भयो । कप्तान सुवास खत्रीले अविजित ३३ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रशान्त पण्डितले २२ र सक्रियराज कार्कीले २० रन बनाए । ललितपुरका सौरभ श्रेष्ठले ३, परवेज खानले २ र युनेश थापाले १ विकेट लिए । जवाफमा फरिद खानले नटआउट ५९ रनको इनिङ्स खेलेपछि ललितपुरले ३७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । फरिदले ६ चौका प्रहार गरे । ललितपुरले २६ अतिरिक्त रन पाएको थियो । अलराउन्ड प्रदर्शन गर्नेक्रममा भक्तपुरका सक्रियराजले २ विकेट पनि लिए ।

यसअघि पहिलो सेमिफाइनलमा टस जितेको चितवनले निर्धारित ४० ओभरमा २३४–९ को योगफल खडा गरेको थियो । चितवनका सुजन चापागाईंले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले सात चौका हाने । ओपनर प्रशान्त महतले ३१ र सूर्यांशुले २२ रन बनाए । रविन तिमिल्सिनाले २५ कृजन गुरुङले २४ रनको योगदान दिए । चितवनले ३३ अतिरिक्त रन पायो । नुवाकोटका हैदर अली र रोशन विश्वकर्माले २–२ विकेट लिए । जवाफमा नुवाकोट २१७–६ मै सीमित भयो । अशोक पौडेल नकआउट ८२ रनको इनिङ्स खेले पनि टिमलाई जित दिलाउन असफल रहे । म्यान अफ द म्याच बनेका अशोकले ६० बलमा १० चौका र १ छक्का प्रहार गरे । ओपनर आयुश बस्नेतले ७ चौका र एक छक्का मदतमा ४५ रन जोडेका थिए । अमृत थापाले ५ चौका प्रहार गर्दै २८ रनको योगदान दिए । चितवनका प्रशान्त महतले ३ विकेट लिए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.