Fast Nepal News

नेपाली खेलकुदलाई सारा विश्वले हेर्ने र आकर्षित गर्ने थलोको रुपमा अघि बढाउछु : सिलवाल

banner single news

काठमाडौं : नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदलाई प्राथमिकताका क्षेत्रका रुपमा अघि बढाउने बताएका छन्।

बुधवार युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवाललाई मन्त्री जगतबहादुर विश्वकर्माले सपथ ग्रहण गराएका थिए।

सपथ पछि सदस्यसचिव सिलवालले पहिलो कार्यकालमा बाँकी रहेको कामलाई दोस्रो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाए।

‘हामीलाई विश्वास गरेर ४ वर्षे कार्यकालका जुन जिम्मेवारी प्रदान गर्नु भएको छ त्यो जिम्मेवारीलाई इमानदारिता पूर्वक कर्तव्य निष्ठ भएर हामी आफ्नो कार्यक्षेत्रमा आफ्नो भूमिका निभाउने छौं भन्ने म प्रतिबद्द्धता जायर गर्न चाहन्छु,’ सिलवालले भने, ‘खेलकुदमा १ वर्ष ठूलो समय नरहे पनि १ वर्षमा मैले धेरै कुरा बुझ्ने अवसर पाएँ। र, यो वर्षको कार्यकाललाई बाँकी अधुरा कामहरुलाई पूर्णता दिनका निम्ती नेपाली खेलकुदलाई सारा नेपालीले विश्व जगतले हेर्ने देख्ने सुन्ने र आकर्षित गर्ने थलोको रुपमा यसलाई अघि बढाउने छु।’

उनले खेलकुदलाई प्रतियोगिताका रुपमा सीमित नगरिकन जीवनको अंग बनाउन पहल गर्ने समेत दावी गरे।

Inside Article Ads

‘खेलकुदको माहोल बनाउनका लागि र खेलकुद प्राथमिकताको क्षेत्रका रुपमा विभिन्न सरकारी गैरसरकारी क्षेत्रबाट यसलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्दै त्यतातर्फ आकर्षित गर्नका निम्ति मेरो पहल प्रयास हुनेछ,’ सिलवालले भने, ‘सुसासन र पारदर्शिता पूर्वक म आफ्ना गतिविधिहरुलाई अघि बढाउने प्रतिवद्धता जायर गर्दछु।’

मन्त्रिपरिषदको साउन १२ गतेको वैठकले सिलवाललाई सदस्य सचिव र कोइरालालाई उपाध्यक्ष नियुक्त गरेको थियो।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.