Fast Nepal News

जग्गा, आवास एवं निर्माण प्रदर्शनीमा राडो घडी तथा अर्बान अर्थको मेट्रेसको आकर्षण

banner single news

जग्गा, आवास एवं निर्माण प्रदर्शनीमा राडो घडी तथा अर्बान अर्थको मेट्रेसको आकर्षण

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण
प्रदर्शनीमा आर्क्स ग्रुपको स्टलमा सुलेक्स सेन्टरको राडो घडी तथा अर्बान अर्थको मेट्रेस प्रति सहभागीहरूको चासो देखिएको छ। राडो अन्तर्राष्ट्रिय स्विस ब्राण्ड हो भने अर्बान अर्थको मेट्रेस फ्रेन्च प्रविधिमा नेपालमै उत्पादन हुँदै आएको छ। स्टलमा अन्य विश्वचर्चित ब्राण्डका घडीसमेत राखिएका छन्।

‘मेलामा राडो घडी र मेट्रेसप्रति उपभोक्ताको चासो राम्रो देखिएको छ। प्रदर्शनीलाई लक्षित गरी विशेष छुटसहित बिक्रीको व्यवस्था गरेका छौँ,’ नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य समेत रहेका आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले भने।

Inside Article Ads

नेपाल जग्गा तथा आवास विकास सङ्घ तथा नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.