Fast Nepal News

चितवनसँग हार्दा काठमाडौं बाहिरियो

banner single news

काठमाडौँ — ३० कात्तिक २०७८

काठमाडौँ , चितवनसँग हाइस्कोरिङ रोमाञ्चक खेलमा २ रनले पराजित भएपछि काठमाडौं वाग्मती प्रदेशस्तरीय वाइवाइ यू–१९ क्षेत्रीय छनोट प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंको हकमा यो लगातार दोस्रो हार थियो । अघिल्लो दिनमात्र काठमाडौं छिमेकी ललितपुरसँग पराजित भएको थियो । अर्जित भण्डारी र स्वप्निलसिंह अधिकारीको अर्धशतकमा मूलपानीको माथिल्लो मैदानमा टस जितेको चितवनले निर्धारित ४० ओभरमा ९ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो । अर्जितले ५७ र स्वप्निलले ६७ रन बनाउँदै तेस्रो चौथो विकेटमा १ सय ६ रनको साझेदारी गरेका थिए । अर्जितले ७४ बल खेली ६ चौका र २ छक्का तथा स्वप्निलले ५६ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

सुजन चापागाईं १३, सूर्यांशु कोइराला ७ र प्रशान्त महत १ रनमा आउट भएपछि अर्जित र स्वप्निलको जोडी जमेको थियो । प्रतीक श्रेष्ठ १०, रविन तिमल्सिना १५, कप्तान गौतम केसी १३ र कृजन गुरुङ ६ रनमा आउट भए । विशाल यादव ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २१ रन बनाए । काठमाडौंका कौशल रुपाखेतीले ८ ओभरमा १ मेडन राख्दै ४२ रनमा ४, कप्तान प्रतिश जिसी र पीयूष केसीले २–२ तथा युवराज खत्रीले १ विकेट लिए । विपिन शाहीले ८२ रन बनाए पनि काठमाडौंले ८ विकेट गुमाई २ सय ३० रनमात्र बनाउन सक्यो । विपिनले ७४ बल खेली ७ चौका र ४ छक्का प्रहार गरे । उनले ओपनर उत्तम थापामगरसँग दोस्रो विकेटमा १ सय ४९ रनको साझेदारी गरेका थिए । उत्तमले ८४ बल खेल्दै ६ चौका र १ छक्कासहित ५८ रन बनाए । प्रतिश १४ र रजत तिमिल्सिना १८ रनमा आउट भए । नवीन तामाङ २३ रनमा अविजित रहे । उनले तीन चौका हाने । 
Inside Article Ads

चितवन र ललितपुरबीच मंगलबार हुने खेलको विजेता फाइनल पुग्नेछ । अर्को समूहको खेलमा नुवाकोटले सोमबार मकवानपुरलाई ६ विकेटले हरायो । टस जितेको मकवानपुर मूलपानीको तल्लो मैदानमा ३८ ओभरमा १ सय १५ रनमा अलआउट भयो । टोलीबाट सारांश गौतम र विपुल खनालले समान २२, सक्षम बस्ताकोटी र नावी आलमले १६–१६ रन बनाए । नुवाकोटका रोशन विकले ६ ओभरमा २१ रन खर्चेर ४, अशोक पौडेलले ३ तथा अश्विन न्यौपाने, दीपेश कुमाल र रूपेश भुजेलले १–१ विकेट लिए । अमिक कुमालले २८, अमृत थापाले २४, अशोक पौडेलले २३ र आयुश बस्नेतले १९ रन बनाएपछि नुवाकोटले २३.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । मकवानपुरका विपुल कुमालले २ तथा कुशल केसी र सागर यादवले १–१ विकेट लिए । नुवाकोट अघिल्लो दिन भक्तपुरसँग पराजित भएको हो । मंगलबार मकवानपुर र भक्तपुरबीच खेल हुनेछ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.