Fast Nepal News

सान मारिनोलाई हराएर इंग्ल्यान्ड विश्वकपमा

banner single news

लन्डन — ३० कात्तिक २०७८

लन्डन , सन् १९६४ यता पहिलो पल्ट विपक्षीविरुद्ध दोहोरो अंकको गोल गर्दै इंग्ल्यान्ड सोमबार कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । इंग्ल्यान्डले सान मारिनोलाई १०–० ले हराएको हो । त्यसमा ह्यारी केनले चार गोल गरे ।

यस्तै, स्विटजरल्यान्ड कतार विश्वकपका लागि छनोट हुने अर्को देश भएको छ । यसका लागि उसले बुल्गेरियालाई सजिलै ४–० ले हरायो । युरोपेली क्लब फुटबलको अर्को शक्तिशाली देश इटालीले भने छनोटका लागि प्लेअफ खेल्नु पर्ने भएको छ । इटालीले उत्तर आयरल्यान्डविरुद्ध गोलरहित बराबरी खेल्यो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.