Fast Nepal News

वेस्ट ह्याममा लिभरपुलको अपराजित यात्रा टुंगियो

banner single news

लन्डन — २२ कात्तिक २०७८

लन्डन , गोलरक्षक एलिसन बेकरको तीन महँगो भूलको फाइदा उठाउँदै वेस्ट ह्यामले आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३–२ ले हराएको छ । यससँगै लिभरपुलको २५ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । लन्डन स्टेडियममा हार जोगाएको भए लिभरपुलले सन् १९८२ यता क्लबको अपराजित यात्राको कीर्तिमान तोड्ने थियो । तर बेकरको खरावबप्रदर्शनमा लिभरपुल अप्रिलयता पहिलो पल्ट पराजित रह्यो ।

बेकरका लागि सर्वथा बिर्सनलायक खेलमा उनकै आत्मघाती गोलले वेस्ट ह्यामले अग्रता लिएको थियो । ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले फ्रि किकबाट बराबरी गोल गरे । तर फेरि बेकरकै कमजोर प्रदर्शनमा पाब्लो फोर्नाल्स र कुर्ट जुमाले वेस्ट ह्यामका लागि गोल गरे । डिभोक ओरिगीले लिभरपुलका लागि एक गोल फर्काए, तर टिमलाई हारबाट जोगाउन सकेनन् । यो जितपछि वेस्ट ह्याम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने लिभरपुल एक स्थान झरेर चौथोमा पुगेको छ । लिभरपुल शीर्ष स्थानमा रहेको चेल्सी भन्दा चार अंकले पछाडि छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.