Fast Nepal News

कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य छैनः उपेन्द्र यादव

banner single news

लहान — असार १३, २०७८।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने प्रगतिमनकारी कदम कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। ‘यो मुलुकमा कानुन मिच्नेले जेल र संविधान मिच्नेले प्रधानमन्त्री पाउँछन्,’ उनले टिप्पणी गरे।

सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने ‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरू अधिकार पाउँछ, यो नभए के पाउनु रु लडाइँ यहीँ छ।’ जनता समाजवादी पार्टीमा आफूहरू संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको भएको भन्दै यादवले आफूहरू कसैको विरोधी वा पक्षधर नभएको बताए। ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन,’ उनले भने, ‘हामी नो प्रो–चीन, नो प्रो–इन्डियन। हामी त प्रो–नेपाली, प्रो–मधेसी।’

अध्यक्ष यादवले आफू भारतविरोधी हुनै नसक्ने उल्लेख गर्दै आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य नहुने बताए। भारतसँग मित्रताको सम्बन्ध अमिट रहोस् भन्ने चाहेको उनको भनाइ छ। उनले भने, ‘हामी भारतलाई कुनै नोक्सान पनि पु¥याउन सक्दैनौं। हामी विरोधि पनि हुन सक्दैनौं। तर उनको हस्तक्षेप पनि स्वीकार गर्न सक्दैनौं। हामी मित्र छौं, मित्रकै रूपमा व्यवहार हुनुपर्छ।’ ‘नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीकै हो,’ यादवले सहभागी कार्यकर्ताहरूसँग भने, ‘तपाईं मेरो मित्र हुनुहुन्छ।

Inside Article Ads

तपाईंको घरमा मैले हुकुम चलाउन थाले भने स्वीकार गर्नुहुन्छ रु यो त स्वीकार्नु हुन्न, कसैले स्वीकार्दैन नि १, अर्काको घरमा हस्तक्षेप गरेर हुकुम चलाउन मित्र चाहिँदैन भनेर प्रतिवाद गर्नुहुन्छ नि १,’ आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने यादवले अडान राखे। यो अधिकारबाट पछि हट्न सकिन्न। मित्रता र दासत्वमा फरक हुन्छ भन्दै उनले आफूहरूले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताए।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसदमा उभिएर सत्यमेव जयतेलाई सिंहमेव जयते, भारतीय विस्तारवादी भनेर टिप्पणी गरेको स्मरण गर्दै यादवले भने, ‘आज ओली कसरी उनको मित्र भए रु यो गजब छ।’ सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने दाबी गर्दै अध्यक्ष यादवले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुन्छ।

संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणासहित परमादेश जारी हुन्छ। यो ०१७ साल होइन यो ०७८ साल हो।’ ‘राजा त्रिभुवनले संसद् बन्नै नदिने, ०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्ने, ज्ञानेन्द्रले पनि संसद्माथि नै प्रहार गर्दै निरकुंश बने। उनीहरूकै पछिल्लो संस्करणको रूपमा अहिले प्रधानमन्त्री ओलीको उदय भएको छ,’ यादवले भने, ‘ओली संसद्माथि प्रहार गर्दे स्वेच्छाचारी र निरकुंश बन्न खोजेका छन्।’ आजको नागरिक दैनिकमा खबर छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.