
नेपाली काङ्ग्रेसका नेता एब पुर्बमन्त्री गगन थापाले
सम्माननीय राष्ट्रपतिको कद घटनुमा स्वयंको कर्म र प्रवृत्ति रहेको टिप्पणी गरेका छ्न।
बदलिदो राजनीति घटनाक्रममा रास्ट्रपति विद्यादेबी भन्डारी र प्रधानमन्त्री केपि ओलेले संविधानको बर्खीलाप गरेको आरोप नेता थापाले लगाएका छ्न।
उनले रास्ट्रपति प्रति लक्षित गर्दै भने गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!
प्रतिप्रश्न गर्दै नेता थापाले भने “सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।
उनले अगाडि भनेका छ्न सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छ्न।खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।
