Fast Nepal News

सत्ता स्वार्थले जसपा एकता धरापमा

banner single news

काठमाडौं, जेठ ८ – नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने देखिएको छ।

ठाकुरले पार्टीको लेडरप्याडमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बेहोरा उल्लेख गर्दै हस्ताक्षर गरेका छन्। त्यस्तै जसपा संसदीय दलको नेताको हैसियतमा राजेन्द्र महतोले पनि संसदीय दलले ओलीलाई समर्थन गरेको बेहोराको पत्रमा हस्ताक्षर गरेका छन्।

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन्। एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ। ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। ३२ जनामा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि पर्छन। यादव र भट्टराईको समर्थन पनि आफूलाई भएको दाबी ओलीको छ। तर, भट्टराई र यादवले कुनै पनि हालतमा ओलीको पक्षमा जान नसकिने बताएका छन्।

Inside Article Ads

यादव नयाँ सरकार गनका लागि नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा बहुमत पु¥याउन शुक्रबार दिनभर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका बैठकमा सहभागी भए। कांग्रेस संसदीय दलको कार्यालयमा यादवले बैठक गरे भने नजिकै रहेको पूर्वराजपा संसदीय दलको कार्यालयमा ठाकुर र महतोले अर्को बैठक गरे। देउवालाई समर्थन गर्ने पार्टी कार्यकारिणी समितिको निर्णय भएको अध्यक्ष यादवले बताए। ओलीको पक्षमा ठाकुर र महतो लाग्नु दुर्भाग्यपूर्ण भएको यादवको भनाइ छ।  -नागरिक दैनिक

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.