Fast Nepal News

नेविसंघले भन्यो– ‘ओली–विद्या गठबन्धनलाई सधैँका निम्ति परास्त गरौं’

banner single news

काठमाडौं, जेठ ७ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि माउ पार्टीले जस्तै नेपाल विद्यार्थी संघले पनि कडा विरोध गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनताको जीवन रक्षा गर्ने मुल दायित्वलाई बिर्सेर प्रधानमन्त्री केपी ओली लोकतन्त्र र संविधानलाई कमजोर बनाउन लागिपरेको आरोप लगाएका छन् ।

 

ओलीको सत्ता लम्ब्याउन राष्ट्रपतिबाट असंवैधानिक कदम चालिएको पनि नेविसंघको आरोप छ ।

Inside Article Ads

नेविसंघले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच गठबन्धन बनेको टिप्पणी गर्दै यो गठबन्धनलाई सधैँका लागि परास्त गरिनुपर्ने बताएको छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.