Fast Nepal News

सकियाे अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता

सञ्चारमाध्यममा भेटबारे प्रतिक्रिया नदिइने

banner single news

वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए ।

नेताहरुबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चारमाध्यममा भेटबारे प्रतिक्रिया नदिने बताए ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.