Fast Nepal News

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं, सरकारले काठमाडौंलगायत प्रमुख शहरहरुका विद्यालय केही अवधिका लागि बन्द गर्ने निर्णय गरेको छ । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय सरकारले गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि एक महिना विद्यालय बन्द तथा रात्रीकालीन व्यवसाय बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

Inside Article Ads

तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ । सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.